ADVERTISEMENT

न्यून चापीय प्रणालीको प्रभाव कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार

काठमाडौं । पश्चिम नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने अनुमान गरिएको छ।

सोमबार पनि देशभर आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार