काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार ८२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ।गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया