काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको वर्गअनुसार सडक उपभोग दस्तुर लागू गरेको हो।
आयोजनाका अनुसार हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस तथा मिनी ट्रकलाई प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ।
त्यस्तै, बस तथा ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजनाले जनाएको छ।
सडक बोर्ड नेपालको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन सुरु गर्न लागिएको हो।
सम्बन्धित खबर




प्रतिक्रिया