ADVERTISEMENT

जर्मनीका प्रमुख सहरमा युवा प्रदर्शन हिंसात्मक, पसलमा लुटपाट

काठमाडौं । जर्मनीका फ्र्याङ्कफर्ट, बर्लिन, कोलोन र ह्याम्बर्गलगायत सहरमा युवाहरूको प्रदर्शन हिंसात्मक बनेको छ। शनिबार राति प्रदर्शनकारीहरूले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्।

प्रहरीका अनुसार प्रदर्शनकारीहरूले ढुङ्गा, बोतल र पटाका प्रहार गरेपछि भीड नियन्त्रण गर्न पानीको फोहरा प्रयोग गरिएको थियो। घटनामा केही व्यक्ति पक्राउ परेका छन्।

‘जेनजी रेगेल्ट’ अभियानको ब्यानरमा भएको प्रदर्शनमा हजारौँ युवा सहभागी भएका थिए। उनीहरूले बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती, सरकारी खर्चमा कटौती तथा अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए।

दिउँसोको प्रदर्शन शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेको थियो। प्रहरीका अनुसार फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा गरी करिब १८ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार