ADVERTISEMENT

रास्वपाद्वारा उम्मेदवार छनोटका लागि सात उपसमिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै सातवटा उपसमिति गठन गरेको छ।

पार्टीले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिका लागि क्यान्डिडेट क्लबमार्फत आवेदनसमेत खुला गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

जसअनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकासमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी दिइएको छ।

पार्टी प्रवक्ता जगदिश खरेलद्वारा जारी विज्ञप्तिमा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन उक्त निर्णय गरिएको जनाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार