ADVERTISEMENT

बाढीपहिरोले १२ भन्दा बढी सडकखण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्ग, बीपी राजमार्गसहित देशका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्।

 

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरीस्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, काभ्रेको रोशी गाउँपालिकास्थित पिनथली र गिम्दीबेँसीमा खहरेखोलाको लेदोसहितको बाढी आउँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।

 

यसैगरी, सुर्खेतको बराहतालस्थित कर्णाली राजमार्ग, खोटाङ खण्डको मध्यपहाडी राजमार्ग, ललितपुरको बागमती खोला करिडोर तथा कान्तिलोकपथमा पनि आवागमन ठप्प भएको छ।

 

त्यस्तै, गुल्मी र पाल्पा खण्डमा पहिरो खस्दा कालीगण्डकी करिडोर तथा मुगुको ताल्चास्थित नाग्म–गमगढी सडकखण्डसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 

लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो र खोलाको बहाव बढ्दा सडक यातायात प्रभावित भएको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार