नेप्से घटे पनि कारोबार रकम भने सात महिनायताकै उच्च पुगेको छ। शुक्रबार कुल ८ अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो गत वैशाख ३ गतेयताकै उच्च कारोबार हो।
आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा विकास बैंक सूचक सर्वाधिक १.६१ प्रतिशतले बढेको छ।
कम्पनीगत रूपमा बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। स्वाभिमान लघुवित्तको १२.११ प्रतिशत र लुम्बिनी विकास बैंकको ७ प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता मेन्छियाम हाइड्रोपावरको मूल्य ४.०८ प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ३.७८ प्रतिशत र सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशतले घटेको छ।
शुक्रबार कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर अगाडि रहेका छन्।




प्रतिक्रिया