ADVERTISEMENT

महिनादिनपछि गल्छी–रसुवागढी सडक खुल्यो


काठमाडौँ ।  बाढी र पहिरोका कारण करिब महिनादिनदेखि अवरुद्ध गल्छी–वेत्रावती सडकखण्डमा शुक्रबारदेखि यातायात सञ्चालनमा आएको छ। ट्र्याक खोल्ने काम सम्पन्न भएपछि रसुवा पुनः सडक सञ्जालसँग जोडिएको हो।

गत भदौ १० गते आएको भीषण बाढी र पहिरोले गल्छी–रसुवागढी सडकखण्डको करिब ५५ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको थियो। बाढीले पुलहरू बगाएपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो।

सडक खुलेसँगै स्थानीयवासी, यात्रु तथा व्यापारीलाई राहत पुगेको छ। यद्यपि सडकको ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी रहेको छ। बाढीले बगाएका पुलका स्थानमा बेलिब्रिज निर्माणको कामसमेत तीव्र पारिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार