काठमाडौँ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, मधेससहित कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। तराईका भूभागमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
सम्बन्धित खबर



प्रतिक्रिया