जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी


काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा जानकारी लिनुपर्ने भन्दै विभागले उनलाई ७ दिनभित्र उपस्थित हुन भनेको हो। पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको जनाइएको छ।

यसअघि विभागले जयवीरका बुबा शेरबहादुर देउवा र आमा आरजु राणा देउवालाई पनि बोलाइसकेको थियो। देउवा दम्पतीले विभागमा साउन मसान्तसम्म उपस्थित हुने जानकारी गराएका थिए।

२०८३ असार २३, मंगलवार ०८:५० प्रकाशित
ट्रेन्डिङ समाचार