ADVERTISEMENT

साइबर ब्युरोले बोलाएपछि कांग्रेस सहमहामन्त्री शिवाकोटीले भने– ‘काठमाडौँ आउँदैछु’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ। पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा उनलाई ब्युरोमा उपस्थित हुन भनिएको स्रोतले जनाएको छ।

धार्मिक यात्राका क्रममा काठमाडौं बाहिर रहेका शिवाकोटीले आफू काठमाडौं फर्किरहेको र साइबर ब्युरोमा उपस्थित हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सरकारको भय र भ्रमबाट आफू विचलित नहुने बताएका छन्। उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’

केही दिनयता शिवाकोटीले सरकारले विधि र विधान मिचेर काम गरिरहेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार