ADVERTISEMENT

पहाडी र हिमाली क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज राति गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

शुक्रबार पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार