ADVERTISEMENT

आईजीपीबाट हटाइएका कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने

काठमाडौं । प्रहरी प्रमुखबाट पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्।

कार्कीले बुधबार कानुन व्यवसायीसँग परामर्श गरेका थिए। बुधबार समय अभावका कारण रिट दर्ता हुन नसकेपछि बिहीबार रिट दर्ता गर्ने तयारी गरिएको उनीनिकट कानुन व्यवसायीले बताएका छन्।

मन्त्रिपरिषद्ले कार्कीलाई आईजीपीबाट पदमुक्त गरी एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेपछि कार्कीले उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्न लागेका हुन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार