ADVERTISEMENT

अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ १३ पैसा कायम

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर १०८ रुपैयाँ ३६ पैसा, युरो १७० रुपैयाँ १६ पैसा र बेलायती पाउन्ड २०३ रुपैयाँ ९० पैसा तोकिएको छ। राष्ट्र बैङ्कका अनुसार यी विदेशी मुद्राको बिक्रीदर क्रमशः १०६ रुपैयाँ ४५ पैसा, १०८ रुपैयाँ ७९ पैसा, १७० रुपैयाँ ८४ पैसा र २०४ रुपैयाँ ७१ पैसा रहेको छ। केन्द्रीय बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले निर्धारण गर्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार