ADVERTISEMENT

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच आज भेटवार्ता हुँदै

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका मिस्रीले भेटका क्रममा प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

मिस्रीले बुधबार परराष्ट्र सचिव राईसहित अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, ऊर्जा सहकार्य, विकास साझेदारी तथा हवाई, रेल, सडक र पुलमार्फत पूर्वाधार तथा कनेक्टिभिटी विस्तारका विषयमा छलफल भएको थियो।

आगामी मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई लक्षित गरी मिस्री नेपाल आएका हुन्। भ्रमणका सम्भावित विषयमा प्रारम्भिक छलफल भए पनि अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीसँगको भेटपछि भारतीय विदेश सचिव मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार