ADVERTISEMENT

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्चमा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।

बुधबार सरकारले आफूलाई हटाएर डा. मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्।

कार्कीका निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट पुगेको जानकारी दिएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीको रिट भने दर्ता प्रक्रियामा रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार