काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रक्रिया व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउन संवेदनशीलता देखाएको छ।
लेखापरीक्षण प्रक्रिया अघि बढाउने विषयमा लेखापरीक्षण टोली र नगरपालिकाका पदाधिकारीबीच छलफल सम्पन्न भएको छ।
नगरपालिकाको कार्यपालिका बैठक कक्षमा आयोजित छलफलमा लेखापरीक्षण कार्यलाई सहज र व्यवस्थित बनाउने विषयमा विशेष जोड दिइएको थियो।
छलफलका क्रममा लेखापरीक्षणका लागि आवश्यक कागजात, विवरण तथा अन्य प्रक्रियागत विषयमा आपसी समन्वय गरी काम अघि बढाउनेबारे विचारविमर्श भएको थियो।
नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूले लेखापरीक्षण टोलीसँग विभिन्न जिज्ञासा राख्दै लेखापरीक्षण प्रक्रियाबारे जानकारी लिएका थिए।
लेखापरीक्षणलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्यका विषयमा समेत छलफल गरिएको थियो।
नगरपालिकाका पदाधिकारीहरूले लेखापरीक्षण प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले लेखापरीक्षण कार्यलाई व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने जनाएको छ।





प्रतिक्रिया