ADVERTISEMENT

प्रधानमन्त्री वालेन्द्रले आफ्नै पार्टीमा नेताहरुबीच लडाई रहेको स्वीकार्दै भने ‘नेता लडेपनि देश जोगाउने हामी नै हो’

हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्’ : पार्टीभित्रको द्वन्द्वलाई प्रधानमन्त्रीले यसरी गरे व्याख्या

  • पार्टीभित्रको विवादलाई देश जोगाउने संघर्षका रूपमा प्रस्तुत गर्नु र त्यसको वास्तविक राजनीतिक कारण के हो भन्ने विषय अब थप चासोको केन्द्र बन्ने देखिन्छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेताहरूबीच लडाइँ भइरहेको स्वीकार गर्दै आफूहरू पार्टीभन्दा देश जोगाउने पक्षमा रहेको दाबी गरेका छन् । पार्टीभित्रको आन्तरिक विवादलाई संकेत गर्दै उनले अन्य राजनीतिक दलमाथि समेत कटाक्ष गरेका छन् ।

प्रधानमन्त्री शाहले बिहीबार राति सामाजिक सञ्जालमा लेखेको अभिव्यक्तिमा रास्वपाभित्र नेताहरूबीच संघर्ष भइरहेको संकेत गरेका छन् । उनले अन्य पार्टीका कार्यकर्ता लड्ने तर नेताहरू हाँसेर बस्ने गरेको टिप्पणी गर्दै आफ्नो पार्टीको अवस्था भने त्यसभन्दा फरक रहेको दाबी गरेका हुन् ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

उनले आफ्नो अभिव्यक्तिमा पार्टी जोगाउने र देश जोगाउनेबीचको भिन्नतालाई मुख्य रूपमा उठाएका छन् । ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ उनको टिप्पणी छ ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई रास्वपाभित्र नेताहरूबीचको आन्तरिक संघर्ष स्वीकार गरेको रूपमा समेत अर्थ्याउन सकिन्छ । यद्यपि उनले कुन नेता वा कुन विवादलाई लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन् भन्ने स्पष्ट खुलाएका छैनन् ।

आफ्नै पार्टीभित्र नेताहरूबीच लडाइँ रहेको संकेत गर्दै प्रधानमन्त्रीले त्यसलाई देश जोगाउने संघर्षका रूपमा व्याख्या गर्न खोजेका छन् । साथै, अन्य राजनीतिक दलहरू देशभन्दा पार्टी र सत्ता जोगाउन केन्द्रित रहेको आरोपसमेत उनको अभिव्यक्तिमा झल्किन्छ । विशेष गरी उनको यो संकेत गगन थापा र काँग्रेस प्रति बढि केन्द्रित रहेको बताइएको छ ।

देश जोगाउने र पार्टी जोगाउनेबीचको भिन्नता औंल्याउँदै प्रधानमन्त्री शाहले आफूहरू देश र जनताको हितका लागि संघर्षरत रहेको सन्देश दिन खोजेका छन् ।

तर, प्रधानमन्त्रीकै पार्टीभित्र नेताहरूबीच संघर्ष भइरहेको संकेत गर्ने यो अभिव्यक्तिले रास्वपाको आन्तरिक राजनीतिक अवस्थाबारे पनि नयाँ प्रश्न खडा गरेको छ । पार्टीभित्रको विवादलाई देश जोगाउने संघर्षका रूपमा प्रस्तुत गर्नु र त्यसको वास्तविक राजनीतिक कारण के हो भन्ने विषय अब थप चासोको केन्द्र बन्ने देखिन्छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार