बालबालिकालाई रास्वपा सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै संविधान र प्रचलित कानुनविपरीत भएको आरोप लगाएको छ।

राष्ट्रियसभामा कांग्रेस सांसद चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले रास्वपाले बालबालिकालाई सदस्यता वितरण गरेको विषयमा सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै कानुनअनुसार यस्तो कार्य दण्डनीय भएको बताए।

उनीहरूले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराउँदै रास्वपाको कार्यसमितिको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन्।

२०८३ असार १५, सोमबार १२:४१ प्रकाशित
ट्रेन्डिङ समाचार