राष्ट्रपति पौडेलको आह्वान: कृषिको आधुनिकीकरण र धानमा आत्मनिर्भर बनौँ


काठमाडौँ ।  २३औँ राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिको आधुनिकीकरण गर्नुपर्ने बताएका छन्। उनले विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गरी व्यावसायिक कृषितर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए।

साथै, धान उत्पादन बढाउन सिँचाइ सुविधा विस्तार, जलवायुमैत्री प्रविधिको प्रयोग र कृषकलाई आवश्यक सामग्री, उचित मूल्य तथा बजार पहुँच सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरे।

२०८३ असार १५, सोमबार १०:०० प्रकाशित
ट्रेन्डिङ समाचार