काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सामाजिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने बताएकी छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनका क्रममा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति असहमति जनाइन्।
उनले लोकतन्त्रमा आवधिक निर्वाचनबाट जनादेश प्राप्त गर्नु मात्र पर्याप्त नभई निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्वको निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने बताइन्।
२०८३ असार १४, आईतवार २०:४९ प्रकाशित

