विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश


काठमाडौँ । पूर्वमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै रिट दायर गरेका थिए।

पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गर्न पदको दुरुपयोग गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ।

पक्राउ कानुनविपरीत भएको जिकिर गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चको आदेशसँगै सम्बन्धित निकायलाई पक्राउको आधार र कानुनी प्रक्रियाबारे जवाफ पेश गर्न भनिएको छ।

२०८३ असार ११, बिहीबार १२:४६ प्रकाशित
ट्रेन्डिङ समाचार