रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि घर फर्किन थाले


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित समयभन्दा दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्किन थालेका छन्। केन्द्रीय सदस्य पदका लागि मतदान गरेलगत्तै धेरै प्रतिनिधि चितवनबाट फर्किएका हुन्।

बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी रहेको छ भने बिहीबार दिउँसोसम्म मतदान चल्ने अनुमान गरिएको छ। विधानअनुसार सभापति र केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि मात्रै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने व्यवस्था छ।

दोस्रो चरणको मतदान कुर्न नसकेर प्रतिनिधिहरू फर्किन थालेका छन्। एक उम्मेदवारका अनुसार ५० प्रतिशतभन्दा बढी प्रतिनिधि चितवन छोडिसकेका छन्। निर्वाचन आयोगले पदाधिकारी निर्वाचनको कार्यतालिका भने अझै सार्वजनिक गरेको छैन।

२०८३ असार ११, बिहीबार ११:३८ प्रकाशित
ट्रेन्डिङ समाचार