काठमाडौं । मनसुनजन्य विपद् तथा प्राकृतिक प्रकोपको सामना गर्न सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले देशभर विशेष तयारी गरेको जनाएको छ। एपीएफका अनुसार २१ हजार ६ सय ११ जना प्रहरी कर्मचारीलाई विपद् व्यवस्थापन तालिम दिइएको छ भने ६ हजार ८ सय ५० जना जनशक्ति २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ।
उच्च जोखिम रहेका १६ जिल्लामा विपद् व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति, उद्धार सामग्री, सवारी साधन तथा विशेष उपकरण तैनाथ गरिएको छ। बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै खोज तथा उद्धार योजना अद्यावधिक गर्नुका साथै रियल टाइम मौसम सूचना र समुदायबाट प्राप्त जानकारीका आधारमा तत्काल उद्धार तथा प्रतिकार्य सञ्चालन गर्ने व्यवस्था मिलाइएको एपीएफले जनाएको छ।
२०८३ असार ११, बिहीबार ११:३४ प्रकाशित

