रास्वपा महाधिवेशनः केन्द्रीय सदस्य चयनका लागि मतदान जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान जारी छ। बुधबार मध्यरातपछि सुरु भएको मतदान बिहीबार दिउँसो १२ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन व्यवस्थापनमा संलग्न लक्ष्मण रिमालका अनुसार बिहान ९ बजेसम्म करिब २३ सय महाधिवेशन प्रतिनिधिले मतदान गरिसकेका छन्। मतदानको गति हेर्दा निर्धारित समयसम्म ३ हजारभन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ। पार्टी विधानअनुसार १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन्। मतदाता नामावली विवादका कारण मतदान प्रक्रिया ढिलो सुरु हुँदा केही प्रतिनिधिले असन्तुष्टि जनाएका थिए। हाल प्रतिनिधिहरू मतदान केन्द्रमा लामबद्ध भएर मतदान गरिरहेका छन्।

२०८३ असार ११, बिहीबार १०:०० प्रकाशित
ट्रेन्डिङ समाचार