रास्वपाले गति र सन्तुलन दुवै कायम राखोस् : ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले नयाँ दलका रूपमा छोटो समयमै प्राप्त उपलब्धिलाई व्यवस्थित र संस्थागत बनाउनुपर्ने बताए। रास्वपाको कार्यशैलीलाई गाडीसँग तुलना गर्दै ज्ञवालीले गति मात्र नभई सन्तुलन पनि आवश्यक रहेको उल्लेख गरे।
उनले भने, “गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ। एक्सिलेटर मात्र थिचियो र ब्रेक थिचिएन भने दुर्घटना हुन सक्छ। रास्वपाले आफ्नो गतिसँगै सन्तुलनको पनि ख्याल गर्नुपर्छ।”