काठमाडौं । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस र रास्वपा प्रतिस्पर्धी भए पनि दुस्मन नभएको बताएका छन्।
थापाले कांग्रेस रास्वपाभन्दा राम्रो काम र जनताको विश्वास जितेर अगाडि बढ्न चाहेको उल्लेख गरे। उनले रास्वपाको उदयले कांग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न प्रेरित गरेको भन्दै यसलाई लोकतन्त्रका लागि सकारात्मक पक्षको रूपमा व्याख्या गरे।
थापाले विगत ३५ वर्षको राजनीतिक इतिहास र पञ्चायतविरुद्धको संघर्षलाई नबिर्सन आग्रह गरे। साथै, गरिबी, अज्ञानता, विभेद र अक्षमतालाई देशका वास्तविक दुस्मनका रूपमा चिनाउँदै ती समस्याविरुद्ध सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए।