एमालेको लुम्बिनी प्रदेशस्तरीय पुनर्गठन बैठक आजदेखि


बुटवल ।

नेकपा एमालेको पार्टी पुनर्गठन अभियान तथा निर्वाचन समीक्षा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय बैठक आज कपिलवस्तुको चन्द्रौटामा सुरु हुँदैछ। बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत शीर्ष नेताको सहभागिता रहनेछ।

बैठकमा लुम्बिनी प्रदेशका १२ जिल्लाका जिल्ला कमिटी पदाधिकारी, प्रदेश कमिटी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। संगठनात्मक पुनर्गठन, निर्वाचन समीक्षा र आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने एमालेले जनाएको छ।

२०८३ असार ४, बिहीबार १२:३२ प्रकाशित
ट्रेन्डिङ समाचार