काठमाडौं । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थुनिएको भन्ने विषयमा संसदमा प्रश्न उठाएको छ।
बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले अख्तियारका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा दबाबमा राखी पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइएको आरोप सार्वजनिक भएको भन्दै सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे।
उनले आरोप सत्य भए गम्भीर संवैधानिक प्रश्न उठ्ने भन्दै प्रधानमन्त्रीले स्वयं संसदलाई जानकारी गराउनुपर्ने र सभामुखले यस विषयमा रुलिङ गर्नुपर्ने बताएका छन्।