प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन विपक्षको अडान


काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन र माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

मंगलबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले उक्त माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने निर्णय गरेको हो। नेपाली कांग्रेसका सचेतक निष्कल राईले संसद्को गतिरोध अन्त्यका लागि सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पहल गर्नुपर्ने बताए।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठक अवरोध गर्दै आएका छन्।

२०८३ जेष्ठ २६, मंगलवार २१:०३ प्रकाशित
ट्रेन्डिङ समाचार