काठमाडौँ । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति गम्भीर असहमति जनाउँदै आवश्यक परे अदालत जाने जनाएको छ। महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रतिवेदनलाई पूर्वाग्रही र बदनियतपूर्ण भन्दै पुनरावलोकनको माग गरिने उल्लेख छ।
एमालेले आयोगसमक्ष आपत्ति दर्ता गर्ने, पुनरावलोकनको पहल गर्ने तथा संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालतको ढोका ढकढक्याउने तयारी गरेको जनाएको छ। साथै, उपलब्ध सबै कानुनी विकल्प प्रयोग गर्ने पार्टीको निर्णय रहेको विज्ञप्तिमा उल्लेख छ।
२०८३ जेष्ठ २२, शुक्रबार १३:१६ प्रकाशित


