भन्सार छुट सीमा पाँच गुणाले वृद्धि


काठमाडौं । सरकारले स्थल सीमा नाकाबाट ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने सामानको भन्सार छुट सीमा १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ पुर्‍याएको छ।

अर्थ मन्त्रालयले राजपत्रमार्फत नयाँ व्यवस्था लागू गर्दै ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तुमा औचित्यका आधारमा भन्सार महसुल नलिने व्यवस्था गरेको हो। यसअघि लागू गरिएको १०० रुपैयाँको सीमा व्यवहारिक नभएको भन्दै सीमावर्ती क्षेत्रमा विरोध भएको थियो।

सरकारले सर्वसाधारणलाई राहत दिने उद्देश्यले छुट सीमा बढाएको जनाएको छ। भारतमा अध्ययनरत नेपाली विद्यार्थीले आफ्नो प्रयोगका लागि ल्याउने ट्याबलेट वा कम्प्युटरमध्ये एक थानमा भन्सार छुट पाउने पुरानो व्यवस्था भने यथावत राखिएको छ।

२०८३ जेष्ठ २०, बुधबार १८:४६ प्रकाशित
ट्रेन्डिङ समाचार