मिटरब्याज पीडितको अदालत अगाडि प्रदर्शन


काठमाडौं  । जनकपुरधामस्थित धनुषा जिल्ला अदालत अगाडि मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरूले मंगलबार विरोध प्रदर्शन गरेका छन्। १७ दिनदेखि अनिश्चितकालीन आन्दोलनमा रहेका पीडितहरूले सडक अवरुद्ध गर्दै सुदखोरमाथि कारबाही र पीडितमाथिको दमन बन्द गर्न माग गरेका हुन्।

मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाह ले सरकारले पीडितलाई न्याय दिनुको सट्टा दमन गरिरहेको आरोप लगाए। उनले समस्या समाधान नभए देशभरका पीडितहरू केन्द्रित आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। उनका अनुसार देशभर पाँच लाखभन्दा बढी र धनुषामा मात्र ७० हजारभन्दा बढी मिटरब्याज पीडित रहेका छन्।

२०८३ जेष्ठ १९, मंगलवार २०:४४ प्रकाशित
ट्रेन्डिङ समाचार