निजी क्षेत्रको विश्वासबिना एफडीआई आउँदैन : उदय शमशेर


काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले निजी क्षेत्रको आत्मविश्वास नबढेसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न कठिन हुने बताएका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रका प्रतिनिधिमाथि जघन्य अपराधीसरह व्यवहार गरिने प्रवृत्तिले लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए। सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रप्रतिको व्यवहार सुधार्नुपर्ने उनको भनाइ थियो।

राणाले बजेटमा लगानी र नीति स्थायित्वका कुरा गरिए पनि व्यवहारमा त्यसको विपरीत गतिविधि देखिएको टिप्पणी गरे। औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा न्यून रहेको उल्लेख गर्दै उनले वर्तमान बजेट सेवा क्षेत्रमा बढी केन्द्रित भएको र यसले वैदेशिक लगानी आकर्षित गर्न अपेक्षित सहयोग नगर्ने दाबी गरे।

२०८३ जेष्ठ १९, मंगलवार १२:४२ प्रकाशित
ट्रेन्डिङ समाचार