काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले पार्टीले छाया मन्त्रिपरिषद् गठन नगरेको स्पष्ट पारेका छन्।
उनले कांग्रेस संसदीय दलको विधानअनुसार १८ मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको मात्र बताए। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई मन्त्रालयगत जिम्मेवारी बाँडफाँट गरी संसदीय कामलाई प्रभावकारी बनाउने उद्देश्य रहेको उनको भनाइ छ।
आङ्देम्बेले यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने उल्लेख गर्दै कांग्रेसले सरकारको विकल्पका रूपमा कुनै समानान्तर संरचना निर्माण नगरेको स्पष्ट पारे। हालै कांग्रेसले छाया सरकार गठन गरेको भन्ने समाचार सार्वजनिक भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
२०८३ जेष्ठ १९, मंगलवार १२:२४ प्रकाशित


