नारायणहिटी हत्याकाण्डको २५ वर्ष : अझै घटना रहस्यमय
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ जेठ १९ गते भएको उक्त घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति लगायत १० जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए।
घटनापछि गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई हत्याकाण्डको दोषी ठहर गरेको थियो। तर, समितिको निष्कर्षप्रति व्यापक रूपमा प्रश्न उठ्दै आएको छ। २५ वर्ष बितिसक्दा पनि हत्याकाण्डका धेरै पक्ष रहस्यमै रहेकाले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग समय–समयमा उठ्ने गरेको छ।