आचार्य एमाले प्रचार प्रमुख, झाँक्री प्रेस चौतारी इन्चार्ज
काठमाडौँ । नेकपा एमालेले पार्टीभित्र संगठनात्मक जिम्मेवारी पुनःवितरण गरेको छ। हालै जारी गरिएको अपानीमार्फत नीरज आचार्यलाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै, प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ। पार्टीले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई ध्यानमा राख्दै केन्द्रीय पदाधिकारी बाहेकका केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसमेत प्रदान गरेको जनाएको छ।