ऋण र खर्चमा सन्तुलन नभएको राणाको टिप्पणी


काठमाडौँ । पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले आगामी आर्थिक वर्षको बजेट अत्यधिक महत्त्वाकाङ्क्षी रहेको बताएका छन्।

उनले सरकारले ठूलो परिमाणमा ऋण उठाउने लक्ष्य राखे पनि पूर्वाधार विकासमा अपेक्षित बजेट विनियोजन नगरेको बताए। ऋणलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्न नसके भविष्यमा आर्थिक भार बढ्ने उनको चेतावनी छ।

राणाले बजेटमा गरिबी न्यूनीकरण, विपन्न वर्ग, युवा स्वरोजगारी तथा स्टार्टअप प्रवर्द्धनका विषय प्रभावकारी रूपमा समेटिन नसकेको उल्लेख गर्दै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने धारणा व्यक्त गरेका छन्।

२०८३ जेष्ठ १६, शनिबार ०९:३८ प्रकाशित
ट्रेन्डिङ समाचार