काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीस्वरूप देशभर ‘पार्टी जागरण अभियान’ सञ्चालन गरेको छ। अभियानमार्फत केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा पार्टीका अगुवा कार्यकर्तालाई पालिका तहमा खटाएर संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनमा जोड दिइएको छ।
पार्टीले केन्द्रीय सदस्यहरूलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी तोकेको छ भने प्रदेश इन्चार्ज र विभागीय नेतृत्वको समेत कार्यविभाजन गरेको छ। एमालेका अनुसार अभियानले निर्वाचन लक्षित संगठन विस्तार, जनसम्पर्क वृद्धि र पार्टी गतिविधिलाई गाउँ–नगरसम्म प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
२०८३ जेष्ठ १६, शनिबार ०८:३९ प्रकाशित


