राजदूत पदका लागि आवेदन खुला


काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त रहेको नेपालको राजदूत पदमा आवेदन तथा सिफारिस आह्वान गरेको छ । मन्त्रालयले योग्य र इच्छुक नेपाली नागरिकलाई आगामी जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन आग्रह गरेको हो ।

राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर पुगेको, स्नातक तह उत्तीर्ण गरेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, व्यापार तथा सार्वजनिक सेवामा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।

आवेदन मन्त्रालयको वेबसाइटमार्फत वा तोकिएको इमेल ठेगानामा पठाउन सकिनेछ ।

२०८३ जेष्ठ १५, शुक्रबार १२:०९ प्रकाशित
ट्रेन्डिङ समाचार