स्थापना दिवसमा जुट्दै नेपाल प्रेस युनियन, विधान महाधिवेशन पनि हुने


काठमाडौँ ।  काठमाडौँमा आज नेपाल प्रेस युनियन ले ३५औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइरहेको छ।

दिवसका अवसरमा देशभरका शाखाले विविध कार्यक्रम आयोजना गरेका छन् भने केन्द्रीय समितिले काठमाडौँमा विधान महाधिवेशन आयोजना गरेको छ।

महाधिवेशनअघि माइतीघर मण्डलामा प्रभातफेरी गरिएको थियो। उद्घाटन पूर्वराष्ट्रपति डा रामवरण यादव ले गर्ने कार्यक्रम रहेको युनियनले जनाएको छ।

२०४८ साल जेठ १३ गते स्थापना भएको युनियनले श्रमजीवी पत्रकारको हकहित, प्रेस स्वतन्त्रता र लोकतन्त्रका पक्षमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ।

 

 

 

२०८३ जेष्ठ १३, बुधबार ०८:५४ प्रकाशित
ट्रेन्डिङ समाचार