आज १० संसदीय समितिको बैठक, कार्यसूची तय


काठमाडौं ।  संघीय संसदअन्तर्गत आज १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठकहरूमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, नीतिगत विषय, सुशासन, मानव अधिकार, विपद् व्यवस्थापन तथा सार्वजनिक पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा छलफल केन्द्रित रहनेछ ।

अर्थ समितिमा बजेटका लागि सुझाव प्रस्तुत गरिनेछ भने कानुन समितिले कारागार र प्रहरी हिरासतमा रहेका कैदीबन्दीको अवस्थाबारे गृह मन्त्रालयसँग छलफल गर्नेछ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सञ्चार मन्त्रालयको वर्तमान अवस्था र भावी योजनामाथि समीक्षा हुनेछ ।

२०८३ जेष्ठ ८, शुक्रबार ०९:५२ प्रकाशित
ट्रेन्डिङ समाचार