लिपुलेक पास हुँदै भारतीय टोलीको मानसरोवर यात्रा, नेपालको विरोध कायम


भारतले १६ असारमा आफ्ना तीर्थयात्रीको पहिलो टोलीलाई नेपाली भूमि लिपुलेक पास भएर मानसरोवर पठाउँदै

काठमाडौं । भारतले नेपालको विरोधलाई बेवास्ता गर्दै लिपुलेक नाका भएर कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारी गरेको छ। भारतको विदेश मन्त्रालयले कम्प्युटराइज्ड ड्रमार्फत एक हजार तीर्थयात्री छनोट गरेको जनाएको छ। यात्रा जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ।

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो भूमि भन्दै भारत र चीनलाई कूटनीतिक नोटमार्फत विरोध जनाएको छ।

तर भारतले नेपालको दाबी अस्वीकार गर्दै लिपुलेक मार्ग ऐतिहासिक रूपमा प्रयोग हुँदै आएको बताएको छ।

२०८३ जेष्ठ ८, शुक्रबार ०७:५५ प्रकाशित
ट्रेन्डिङ समाचार