घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई १५ हजार राहतले पुग्दैन : नेकपा एमाले


काठमाडौं ।

नेकपा एमालेले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५र१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेमा सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले अस्थायी बसोवासका लागि उनीहरुका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाउनुभयो । सरकारको यो निर्णय पनि सुकुम्बासीमाथिको ठूलो हमलाको रुपमा आएको उपाध्यक्ष बरालको जिकिर छ ।‘

सांसद बरालले होल्डिङमा पनि सुकुम्बासीहरुलाई अमानवीय ढंगले राखेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

२०८३ जेष्ठ ६, बुधबार १४:०८ प्रकाशित
ट्रेन्डिङ समाचार