हर्मुज अवरोधले ९५ हजार टन मल आयात रोकियो


काठमाडौँ ।  कृषि, वन तथा वातावरण मन्त्रालयले अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलमार्ग प्रभावित हुँदा ९५ हजार टन रासायनिक मल आयात रोकिएको जनाएको छ। मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षअन्तर्गत सम्झौता गरिएको मल आउन नसकेको जानकारी दिएको हो।

कृषि विकास महाशाखा प्रमुख डा। रामकृष्ण श्रेष्ठका अनुसार धान रोपाइँ सिजनमा करिब २ लाख ४५ हजार टन मल आवश्यक पर्ने अनुमान छ। हाल मौज्दातमा रहेको मलले जेठदेखि भदौसम्मको धान सिजन धान्न सक्ने मन्त्रालयको दाबी छ।

२०८३ जेष्ठ ६, बुधबार ०७:५७ प्रकाशित
ट्रेन्डिङ समाचार