आज प्रतिनिधिसभा बैठक बस्दै, दुई निर्वाचनसम्बन्धी विधेयक पेश हुने


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्री तथा गृह मन्त्री वालेन्द्र शाहको तर्फबाट “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन् ।

बैठकमा उक्त विधेयक प्रस्तुत गरिनुका साथै “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

यसअघि मंगलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

२०८३ जेष्ठ ६, बुधबार ०७:२७ प्रकाशित
ट्रेन्डिङ समाचार