काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको भए पनि सर्वोच्चले उक्त आदेश बदर गरेको हो। न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
उनीसहित पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि मालपोत अधिकृत सरुवा र नियुक्तिसम्बन्धी काममा घुस लिएको आरोप लागेको छ। अख्तियारले कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०८३ जेष्ठ ५, मंगलवार २०:४४ प्रकाशित


