‘नेपोबेबी’ होइन, ‘नेपोभिनाजु’!


काठमाडौं ।  फागुन २१ को चुनावपछि बहुमतसहित बनेको बालेन्द्र साह नेतृत्वको रास्वपा सरकारमाथि आफन्त र निकट व्यक्तिलाई सचिवालयमा भर्ती गर्ने आरोप लागेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारका आफन्तहरू विभिन्न मन्त्रालयमा नियुक्त हुने तयारीमा रहेको बताइएको छ।

पूर्वाधार विकास मन्त्रालयमा राजेन्द्र बमलाई ल्याउन पत्राचार भएको स्रोतले जनाएको छ। उनीमाथि केयुकेएलको पाइप हिनामिना प्रकरणमा अख्तियारले छानबिन गरिरहेको आरोपसमेत छ। मन्त्रालयले भने यसबारे औपचारिक जानकारी नभएको जनाएको छ।

२०८३ जेष्ठ ५, मंगलवार १९:४६ प्रकाशित
ट्रेन्डिङ समाचार