काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, चाबहिलले आफ्नो कार्यक्षेत्रभित्रका ८ करदातालाई १५ दिनभित्र व्यावसायिक कागजातसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले ती करदाताको आय वर्षको कारोबार अनुसन्धान, छानबिन तथा पूर्ण कर परीक्षण गर्नुपर्ने देखिएकाले विवरण माग गरिएको जनाएको हो।
कार्यालयका अनुसार हुलाक, टेलिफोन र इमेलमार्फत सम्पर्क प्रयास असफल भएपछि तथा कारोबार स्थल समेत फेला नपरेपछि सार्वजनिक सूचना जारी गरिएको हो। तोकिएको अवधिभित्र आवश्यक कागजात पेश नगरे उपलब्ध तथ्याङ्कका आधारमा कर निर्धारण गरिने चेतावनी समेत दिइएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया