नेपाल बार एशोसिएसनको आन्दोलन घोषणा, सर्वोच्च अदालत प्रशासनविरुद्ध ५ बुँदे विमति


काठमाडौं ।   सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै नेपाल बार एशोसिएशनले आन्दोलन घोषणा गरेको छ। आज बसेको बारको बैठकले पाँच बुँदे विमति सार्वजनिक गर्दै अदालत प्रशासनको गतिविधिप्रति कडा आपत्ति जनाएको हो।

बारका अनुसार दरपीठसम्बन्धी निवेदनलाई बिना कारण दर्ता नगरी राखिनु न्याय सम्पादनमा अवरोध पुर्‍याउने कार्य भएको ठहर गरिएको छ। साथै कामु प्रधानन्यायाधीशको आदेश समेत पालना नहुनु प्रशासनको असाधारण र गम्भीर त्रुटि भएको बारको भनाइ छ।

बारले यस घटनाको विरोधमा आगामी जेठ ५ गते दिउँसो १स्१५ बजे लालटिन बालेर विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

२०८३ जेष्ठ ४, सोमबार २०:०७ प्रकाशित
ट्रेन्डिङ समाचार